• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

सप्तरीमा जसपा नेपालको अध्यक्षमा केदार यादव विजयी

काठमाडौँ ।  जनता समाजवादी पार्टी, नेपाल सप्तरी जिल्लाको अध्यक्षमा केदार यादव निर्वाचित भएका छन् । उनी यसअघि पनि सो पार्टीका जिल्ला अध्यक्ष नै थिए । जिल्ला कार्य समितिका लागि भएको मतदानमा उनका प्रतिस्पर्धी उमेश यादवलाई ३० मतले पराजित गर्दै उनी विजय भएको जसपा नेपालले जानकारी गराएको छ ।

मंगलबार राजविराजमा सम्पन्न निर्वाचनमा अध्यक्ष पदका लागि ५०४ मत परेको थियो । जसमा २३५ मत ल्याएर केदार यादव अध्यक्षमा निर्वाचित भएका हुन् । यसैगरी, जिल्ला उपाध्यक्षमा लक्ष्मण यादव र हरेराम यादव विजयी भएका छन् ।

जिल्ला सचिवमा नीरज मुक्तिले जम्मा १ मतले निर्वाचित भएका छन् । त्यस्तै, उपसचिवमा रिता चौधरी र रामेश्वर यादव विजयी भएका छन् भने कोषाध्यक्षमा अमरेन्द्र यादव निर्वाचित भएका छन् ।

साउन १४ गते जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिवेशनको उद्घाटन गरेका थिए । अधिवेशनपछि भएको निर्वाचनबाट आज केदार यादव अध्यक्षमा चयन भएका छन् । जिल्ला कार्यसमितिका सदस्यहरूको आज दिउसोदेखि मतगणना सुरु हुने बताइएको छ ।