• २०८३ असार १८
  • 2026 July 02, Thursday

भुम्लुकी पूर्वउपाध्यक्षको पार्टी त्याग, एकीकृत समाजवादी छाडिन्

काठमाडौँ । भुम्लु गाउँपालिकाकी पूर्वउपाध्यक्ष कल्पना श्रेष्ठले नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरेकी छन् । उनले पार्टी सोचेकोभन्दा फरक पाएकोले आफूसहित परिवारका अन्य सदस्यले पार्टी परित्याग गरेको बताएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै श्रेष्ठले भनेकी छन्, ‘नेकपा एकीकृत समाजवादी साँच्चिकै देश र जनताको हितमा उभिन्छ र देशलाई फोहोरी राजनीति संक्रमणबाट मुक्त गरेर सही गन्तव्यमा पुर्‍याउँछ भनेर साथ दिएँ तर मैले सोचेकोभन्दा फरक पाएकोले आजैबाट मलगायत मेरो परिवारको सबै जनाले पार्टीको साधारण सदस्य पनि नरहने गरे पार्टी परित्याग गरेको जानकारी गराउँछु ।’

कल्पना २०७४ को स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट भुम्लु गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी थिइन् । २०७८ मा एमाले विभाजन भएपछि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेकी थिइन् ।