• २०८३ असार १८
  • 2026 July 02, Thursday

राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको राजीनामा माग गर्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । रास्वपाका प्रवक्ता मनिष झाको अनुसार पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको पार्टीको सचिवालय बैठकले खतिवडाले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो ।

कुलिङ अफ पिरियडमा गरिएको गडबडीप्रति क्षमा याचना गर्दै उनले पदबाट राजीनामा दिनु उपयुक्त हुने रास्वपाका निष्कर्ष रहेको छ । कुलिङ अफ पिरियडमा भएको छेडखानीबारे छानविन गर्न बनेको संसदीय विशेष समितिले खतिवडालाई नैतिक रुपमा दोषी करार गरेको थियो ।‘राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको उक्त प्रतिवेदनमा कुलिङ अफ पिरियड राख्ने पक्षमा सकारात्मक भूमिका रहेको भन्ने भनाइ रहेको छ ।

सभापतिको हस्ताक्षर भएको र परिमार्जित मस्यौदा प्रतिवेदन समितिका माननीय सदस्यहरुलाई देखाइ सभामा पेश गर्नुपर्नेमा त्यो नगरी निश्चित व्यक्तिहरुबीच अनौपचारिक बैठक बसी प्रतिवेदन पठाएको देखिँदा माननीय सभापतिको समान्वयकारी भूमिकामा कमी देखियो,’– समितिको प्रतिवेदनमा खतिवडाबारे भनिएको छ ।