• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

एपीएफ छाडेर भलिबल खेलाडी कविता भट्ट अष्ट्रेलिया प्रस्थान

काठमाडौँ । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी खेलाडी कविता भट्ट अष्ट्रेलिया पलायन भएकी छन् । एपीएफ क्लबबाट राजीनामा दिएर मिडल ब्लकर कविता अष्ट्रेलिया पलायन भएकी हुन् ।

केही समयअघि मात्र स्पाइकर सरस्वती चौधरी एपीएफबाट राजीनामा दिँदै अष्ट्रेलिया पलायन भएकी थिइन् ।

सहायक हवल्दार पदमा कार्यरत कविताले विदेश जाने भन्दै राजीनामा दिएकी हुन् ।