• २०८३ असार १८
  • 2026 July 02, Thursday

रवि सरकारको पालामा भिजिट भिसा जारी गर्ने रेकर्ड, विश्वप्रकाश शर्मा काे दाबी

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भिजिट भिसा प्रकरणमा संलग्नलाई कारबाही गर्नुपर्ने पक्षमा आफूहरू पनि रहेको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अख्तियार र छानबिन समितिले काम गरिरहेको भन्दै रास्वपाले प्रक्रियाभन्दा बाहिर गएर विरोध जनाएको टिप्पणी गरे । पछिल्ला ५ गृहमन्त्रीको तथ्यांक हेर्दा रवि लामिछाने गृहमन्त्री हुँदा नै छोटो अवधिमा धेरै भिजिट भिसामा गएको देखिएको शर्माले बताए ।

उनले रास्वपालाई भने, ‘भिजिट भिसामा सबैभन्दा धेरै मानिस त तपाईँकै सभापति गृहमन्त्री भएको बेलामा गएका रहेछन् । यतिकै आधारमा भन्दै गर्दा रविजीकै पालामा सबैभन्दा धेरै मानव तस्करी भएको रहेछ भन्ने निष्कर्ष हो ?’

उनले आवेग, अराजक शैली र अडानबाट मुक्त हुन आग्रह गरे ।