• २०८३ असार १८
  • 2026 July 02, Thursday

प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

तुर्कमेनिस्तानको राजधानी अश्गाबातमा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भई प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किँदै छन्।

प्रधानमन्त्री ओली सोमबार बिहान स्थानीय समय अनुसार ८ः३० बजे तुर्कमेनबासी अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री ओली दुबई हुँदै आज राति ११ः५५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं आइपुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको सम्मेलनमा प्रधानमन्त्री ओलीले नेपालका तर्फबाट सम्बोधन गरेका थिए। भ्रमणका क्रममा उनले विभिन्न राष्ट्रका प्रतिनिधिहरूसँग द्विपक्षीय भेटवार्ता समेत गरेका थिए।