काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालबीच भेटवार्ता भएको छ ।
हालै माओवादीको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि पहल गर्ने निर्णय गरेकोमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले एकीकृत समाजवादीका महासचिव भुसालसँग भेट गरेका हुन् ।
हात्तिवनस्थित श्रेष्ठको निवासमा भएको भेटमा पार्टी एकताको प्रस्तावको बारेमा र पार्टी एकताको औचित्य र सम्भावनाबारे कुराकानी भएको बताइएको छ ।करिब एक घण्टा चलेको भेटमा राजनीतिक परिस्थिति र कम्युनिष्ट क्रान्तिकारी शक्तिहरूको कार्यभारबारे दुई नेताबीच कुराकानी भएको थियो ।