• २०८३ असार १७
  • 2026 July 01, Wednesday

पार्टी एकताको प्रस्ताव लिएर पुगेका नारायणकाजीलाई झलनाथको प्रतिक्रिया के थियो?

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालसँग भेटवार्ता गरेका छन् । खनाललाई भेट्न वरिष्ठ उपाध्यक्ष श्रेष्ठ आज डल्लुस्थित उनकै निवासमा पुगेका थिए ।

भेटवार्ताका क्रममा नेपालको कम्युनिष्ट आन्दोलनमा आइरहेको विग्रहको बारेमा र कम्युनिष्ट आन्दोलनलाई कसरी एकताबद्ध गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको बताइएको छ ।

साथै, अबको अवस्थामा वैज्ञानिक समाजवाद प्राप्तिको लक्ष्यलाई अगाडि बढाउन कार्यनीति र बाटाहरू के–के हुनसक्छन् भन्नेबारेमा पनि छलफल भएको थियो ।

भेटवार्ताका क्रममा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एकताको प्रसंग पनि उठाएका थिए । सो क्रममा सम्मानित नेता खनालले आफू वामपन्थी एकताको पक्षमा रहेको जवाफ दिएका थिए ।