• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

सांसद मोदीको चेतावनी : ‘माग पुरा नभए सभामुखकै अगाडि अनशन सुरु गर्छु’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सांसदमै अनसन बस्ने चेतावनी दिएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै पटक-पटक आफूले उठाएको विषयको माग सम्बोधन नभएको बताए । उनले भने, ‘हुलाकी सडक कटहरिको खण्ड निर्माण हुन थालेको १० वर्ष हुन थालिसक्यो ।

आजसम्म बनेको छैन । जनताले सडकमा धान रोपाइँ गर्दैछन् । सरकारलाई रुलिङ हुनुपर्‍यो । एउटै कुरा मैले कतिचोटी उठाउनुपर्ने ? सभामुखबाट रुलिङ भएन भने म तपाईँको अघि अनसन बस्छु ।’