• २०८३ असार १७
  • 2026 July 01, Wednesday

भूमि विधेयकमाथिको छलफल आज पनि स्थगित

काठमाडौँ। प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा आज हुने भनिएको भूमि विधेयक माथिको छलफल स्थगित भएको छ।

बिहान १० बजे भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको प्रतिवेदनमाथि छलफल गर्न बैठक राखिएको थियो । तर, विधेयक माथिको छलफल स्थगित भएको भएको छ ।

विधेयकको प्रतिवेदनमा छलफल चलिरहेकोले बैठक स्थगित भएको समिति सचिव शिवदत्त बरालले जानकारी दिए । मंगलबारको बैठक पनि स्थगित भएको थियो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले विधेयकको मस्यौदा तयार पारेका थिए । उक्त विधेयकको मस्यौदा यसअघि नै समिति सदस्यहरूलाई वितरण गरिसकिएको छ ।