• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

बिचौलिया र दलहरूको भागबण्डाले स्वास्थ्य क्षेत्र बन्धक भएको वर्षमानको आरोप

काठमाडौँ । पूर्वमन्त्री वर्षमान पुनले आज प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्र सरकारको बेथिति र भागबण्डा प्रकट भएको आरोप लगाएका छन्।

उनले प्रधानमन्त्रीलाई सिधा सम्बोधन गर्दै भने कि स्वास्थ्य प्रतिष्ठानहरूको चीरहरण भइरहेकै बेला प्रस्तुत तथ्यांक मेरिटोक्रेसी मिचेर भागबण्डा भएको स्पष्ट छ।

मेडिकल काउन्सिलमा दर्ता हुने ७४ प्रतिशत चिकित्सक विदेश पलायन हुने सरकारी तथ्यांक भए पनि मन्त्रीले दरबन्दीका लागि पेश गरेको फाइल एक वर्षदेखि रोकिएको बताए।

पुनका अनुसार प्रधानमन्त्रीले संसदमा प्रस्तुत गरेका स्वास्थ्य तथ्यांक अघिल्लो सरकारकै प्रतिफल हुन् र दीर्घकालीन सुधारका योजना सांसदहरू सामु ल्याइएको छैन। उनले सरकारको यस्तो कुशासनले योग्य चिकित्सक देश छोड्न बाध्य भएको भन्दै जनस्वास्थ्य संकट उत्पन्न भएको चेतावनी पनि दिए।

‘प्रधानमन्त्रीज्यू, तपाईँले संसदमा भाषण गरिरहँदा स्वास्थ्य प्रतिष्ठानहरूको चीरहरण भइरहेको किन बिर्सिनुभएछ । तपाईँले स्वास्थ्यका तथ्यांकहरु प्रस्तुत गरिरहँदा उता मेरिटोक्रेसी मिचेर तपाईँहरूको भागवण्डा चलिरहेको थियो । तपाईँको कुशासनसँग लड्न नसकेर एकजना योग्य चिकित्सक देश छोड्दै थिए । तपाईँलाई अलिकति पनि लाज लागेन ?

मेडिकल काउन्सिलमा दर्ता हुनेको अनुपातमा ७४ प्रतिशत चिकित्सक विदेश पलायन हुने गरेको सरकारी तथ्यांक छ, त्यसमा एक वर्षदेखि तपाईकै मन्त्रीले दरबन्दीका लागि पेश गरेको फाइल स्वीकृत गर्नुभएको छैन । जनताको स्वास्थ्यलाई बिचौलिया र दुई दलको भागवण्डाको बन्धकी बनाएर तपाईँले प्रस्तुत गर्ने तथ्यांकले केही अर्थ राख्छ । बिर्सिनु भएछ, तपाईँले प्रस्तुत गरेको तथ्यांकहरु अघिल्लो सरकारले नै अघि सारेका कार्यक्रमको प्रतिफल हुन ।’