९७ हिमाल अब दुई वर्षसम्म नि:शुल्क आरोहणका लागि खुला

काठमाडौँ । नेपाल सरकारले आगामी दुई वर्षका लागि ९७ वटा हिमालहरूको आरोहण नि:शुल्क गरेको छ । केही दुर्गम क्षेत्रहरूमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ९७ वटा हिमालको आरोहण नि:शुल्क गरेको हो ।

१८ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी दुई वर्षसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका सम्पूर्ण हिमाल आरोहण नि:शुल्क बनाउने निर्णय गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

यी दुई प्रदेशमा ९७ वटा हिमाल छन् । जसमध्ये तीन वटा सात हजार मिटरभन्दा अग्ला छन् । यी हिमालहरूको सलामी दस्तुर विदेशीका लागि १ सय ७५ डलरदेखि ५ सय डलरसम्म पर्छ ।

नि:शुल्क खुला गरिएका हिमालहरूको सूचीमा अपि, नाम्पा चुली, सैपाल इस्ट, जेठी बहुरानी, सैपाल, कान्ति कान्जिरोवा नर्थ, पुथा वेस्ट लगायत छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१