• २०८३ असार १७
  • 2026 July 01, Wednesday

कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयनका लागि पठाउन सभामुखको निर्देशन

काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

सभामुख घिमिरेले संसदका प्रमुख दलहरुका प्रमुख सचेतकहरूको सुझाव अनुसार आज सबै दलका संसदीय कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई कार्यान्वयन गर्न प्रतिनिधिसभाका सचिवलाई निर्देशन दिएका हुन् ।

उक्त पत्र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सङ्घीय संसद सचविालयमा पनि पठाउन सभामुख घिमिरेले निर्देशन दिएका छन् ।