• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

डि’आर्सी सर्टको अर्धशतक, नर्दर्न टेरिटोरी स्ट्राइकले दियो नेपाललाई १७८ रनको लक्ष्य

अष्ट्रेलियाको डार्विनमा जारी टप इन्ड टी–२० सिरिज अन्तर्गत आजको खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकले नेपालविरुद्ध पहिलो ब्याटिङ गर्दै २० ओभरमा १७७ रन बनाएको छ। स्ट्राइकले ८ विकेटको क्षतिमा उक्त योगफल तयार पारेको हो।

स्ट्राइकका कप्तान डि’आर्सी सर्टले ५१ रनको आकर्षक अर्धशतक प्रहार गरे। उनले ३४ बलमा ७ चौका र १ छक्का प्रहार गरेका थिए। यस्तै थोमस एन्ड्र्युजले ३२ रन, जॉर्डन सिल्कले १९, कनर क्यारोलले १८, जेक वेदराल्डले ११, क्रिस्टोफर म्याकमाहोनले १२, र म्याट ह्यामण्डले ५ रनको योगदान दिए।

नेपालले बलिङतर्फ ८ विकेट लिन सफल भयो। सन्दीप लामिछानेले सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए। यस्तै शहाब आलमले २ विकेट, र रुपेश सिंह, दिपेन्द्रसिंह ऐरी, तथा कप्तान रोहित पौडेलले समान १–१ विकेट हात पारे।