• २०८३ असार १७
  • 2026 July 01, Wednesday

भारतका विदेश सचिव विक्रम मिस्री नेपाल भ्रमणमा आउने

काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री नेपालको औपचारिक भ्रमणमा आउन लागेका छन् । नेपाल सरकारका परराष्ट्र सचिव अमृत बहादुर राईको निमन्त्रणामा उनी भदौ १ र २ गते नेपाल भ्रमणमा आउन लागेका हुन् ।

नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक, सुदृढ र बहुआयामिक रहँदै आएको छ। पछिल्ला वर्षहरूमा आपसी सहकार्यका विविध क्षेत्रमा देखिएको प्रगति सन्दर्भमा विदेश सचिव मिस्रीको यो भ्रमण विशेष महत्वपूर्ण मानिएको छ।

भारतले अपनाएको ‘छिमेकी पहिलो नीति’ अन्तर्गत नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखिएको छ। यस सन्दर्भमा हुन लागेको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय संवादको परम्परालाई निरन्तरता दिनेछ र द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

भ्रमणका क्रममा विदेश सचिव मिस्रीले नेपालको उच्च नेतृत्वसँग भेटवार्ता गर्नुका साथै साझा चासोका विषयमा छलफल गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।