काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काठमाडौँको सुकेधारामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
काठमाडौँ टेक्निकल स्कुलको आयोजनामा स्कुलको प्राङ्गणमा भएको स्वास्थ्य शिविरमा ४ सय ६८ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।
शिविरमा ८४ जनाको ल्याब परीक्षण, ११३ जनाको भिडियो एक्सरे, ७५ जनाको ईसीजी गरिएको थियो । १८ जनाको दाँत खोलिएको थियो भने ४८ जनालाई थप उपचारका लागि केएमसीमा रेफर गरिएको छ ।
डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।