• २०८३ असार १७
  • 2026 July 01, Wednesday

काँग्रेस संसदीय दलको कार्यसमिति बैठक बुढानीलकण्ठमा जारी

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दल कार्यसमितिको बैठक जारी छ। बुढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा संसदीय दल कार्यसमितिको बैठक बसिरहेको हो।

बैठकमा पार्टी सभापति एवम् संसदीय दलका नेता देउवासहित पदाधिकारी, पूर्वपदाधिकारी, प्रमुख सचेतक, सचेतक र वरिष्ठ सांसदहरू सहभागी छन्।

उपसभामुख इन्दिरा रानालाई हटाउने प्रस्तावसँगै भूमि, निजामती, विद्यालय शिक्षा, संवैधानिक परिषद्लगायत विधेयकका विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।