सुन र चाँदीको भाउले तोड्यो अघिल्लो रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्यले आजसम्मकै उच्च रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ५ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्यमा पनि आज नयाँ रेकर्ड कायम भएको छ । आज चाँदी ४५ रुपैयाँले बढेर प्रतितोला दुई हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१