• २०८३ असार १७
  • 2026 July 01, Wednesday

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ । यही भदौ १९ गते (बिहीबार) एमालेको केन्द्रीय सचिवालय बैठक बस्न लागेको हो।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा एमालेको दोस्रो विधान महाधिवेशन प्रस्तुत गरिनेछ ।यस्तै, बैठकमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

गौतमलेका अनुसार तीन वटै प्रतिवेदन छलफल गरेर पारित गरेपछि विधान महाधिवेसन प्रस्तुत गरिनेछ । एमालेको दोस्रो विधान महाधिवेशन यही भदौ २० देखि २२ गतेसम्म हुनेछ ।

ललितपुरको गोदावरीस्थित सन्राइज सम्मेलन केन्द्रमा हुने विधान महाधिवेशनमा दुई हजार ३३ जना प्रतिनिधि र ३१७ जना अन्य गरीसहित दुई हजार ३५० जना सहभागी हुँदैछन्।