• २०८३ असार १७
  • 2026 July 01, Wednesday

‘चीनमा लिपुलेकको कुरा उठाएर प्रधानमन्त्रीले नेपाली जनताको आवाज बोले’ – सूर्य थापा

काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य थापाले प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणको क्रममा लिपुलेकबारे कुरा उठाएर देशभक्त नेपालीहरूको आवाजको प्रतिनिधित्व गरेको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसँग राखेर लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको हो भन्ने कुरा अन्तर्राष्ट्रिय रूपमा नै उठाएको बताए।

उनले भने, ‘प्रधानमन्त्रीले चीनका राष्ट्रपति समक्ष नेपालको हित र नेपालको गम्भीर ध्यानाकर्षण राख्नुभएको छ। लिपुलेकबारे गम्भीरतापूर्वक आपत्ति प्रकट गर्नुभएको छ।’