• २०८३ जेठ २५
  • 2026 June 08, Monday

शंकर पोखरेलको दाबी : ‘भोलिको बैठकले नेतृत्वभित्रको असहमति अन्त्य गर्नेछ’

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीको प्रस्तावमाथि नभई पूर्वराष्ट्रपति विद्या भण्डारीबारे गरिएको निर्णयमाथि असहमति मात्रै भएको बताएका छन्।

विधान महाधिवेशनको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा बोल्दै दुई उपाध्यक्षको निर्णयमाथिको असहमति विधान महाधिवेशनमा छलफल गर्ने कि नगर्ने भन्नेबारे सचिवालय बैठकले टुङ्ग्याउने बताए।

उनले भने, कर्ण थापाले पार्टी जीवनको लोकतान्त्रिकरणको विषय उठाएर उहाँले पनि विधानमा फरक मत राख्नुभएको छ। त्यो विधानमाथि छलफल हुनसक्ला। त्यो विषय पनि भोलिको सचिवालय बैठकले नै निरूपण गर्ला। अरूले फरक मत राख्नुभएको छैन।

उनले पूर्व राष्ट्रपति भण्डारीको सदस्यता नखोसेको बताए । उनले भने, ‘परित्याग गरेको विषयलाई पुनः कायम गर्ने कि नगर्ने भन्ने पार्टीको फैसला छ । पूर्वराष्ट्रपति र उपराष्ट्रपतिबारे पार्टीले फैसला गरिसकेको छ । त्यसमा पार्टी कायमै छ ।’