• २०८३ असार १७
  • 2026 July 01, Wednesday

माओवादीको चेतावनी: पार्टीभित्र स्वार्थ समूह नरोकिए अनुशासनको कारबाही

काठमाडौँ । नेकपा माओवादी केन्द्रले हालै बसेको स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गर्नेबारे छलफल थालेको छ।

पेरिसडाँडामा बसेका पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्नि सापकोटाले भने, ‘बैठकले स्वार्थ समूह रोक्ने, नरोकिए अनुशासनको दायरामा ल्याउने निर्णय गरेको छ। त्यसमा छलफल मात्रै भयो। बाँकी निर्णय पछि हुन्छन्।’

उनले बैठकमा मध्यपहाडि लोकमार्ग केन्द्रित अभियानको बारेमा पनि छलफल भएको बताए।