कामना सेवा विकास बैंकको लाभांश घोषणा

काठमाडाैं । कामना सेवा विकास बैंक लिमिटेडले ८१।८२ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १५.७८९५ प्रतिशत लाभाशं घोषणा गरेको छ ।

१० प्रतिशत वोनस शेयर र ५.७८९५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि १५.७८९५ प्रतिशत लाभाशं घोषणा गरेको हो । उक्त लाभाशं नेपाल राष्ट्र बैंकको स्वीकृती तथा आगामी १९ औं वार्षिक साधारणसभाबाट पारित भए पश्चात शेयरधनीहरुले उक्त लाभांश प्राप्त गर्नेछन् ।

योसँगै लाभांश घोषणा गर्ने पहिलो विकास बैंक समेत भएको छ । गत वर्ष बैंकले १२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

आइतबार बैंकको केन्द्रीय कार्यालयमा बसेको सञ्चालक समितिको बैठकबाट उक्त प्रस्ताव पारित भएको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१