• २०८३ असार २७
  • 2026 July 11, Saturday

देशका विभिन्न ठाउँमा प्रदर्शन, प्रचण्ड निवासमा ढुंगामुढा, सञ्चारमन्त्रीको घरमा आगजनी 

  • २०८२ भदौ २४, मङ्गलबार १०:५०
जेनजीको प्रदर्शनका क्रममा १९ जनाको ज्यान गएपछि आक्रोशित युवापुस्ताले आज दोस्रो दिन पनि प्रदर्शन जारी राखेका छन् । बिहानैबाट काठमाडौँ उपत्यकासहित देशका विभिन्न सहरहरूमा प्रदर्शन सुरु भएको छ ।
प्रदर्शनकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा ढुंगामुढा तथा तोडफोड गरेका छन् । उनको घर नजिक रहेको प्रहरी बिटमा आगजनी भएको छ ।
उता, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको घरमा आगजनी भएको छ । ललितपुरको सुनाकोठीस्थित गुरुङको घरमा प्रदर्शनकारीले आगजनी गरेका हुन् । सुनाकोठीस्थित उनको घर पुगेका प्रदर्शनकारीले सुरुमा ढुंगामुढा गरेको र त्यसपछि आगजनी गरेको ललितपुरका प्रहरी प्रमुख एसएसपी श्याम अधिकारीले जानकारी दिए । घरमा लागेको आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
सङ्घीय संसद् रहेको नयाँ बानेश्नर क्षेत्रमा बिहानैदेखि जम्मा भएका प्रदर्शनकारीहरूलाई भने अहिले प्रहरीले लखेटेको छ । त्यस क्षेत्र अहिले सुनसान छ भने ठुलो सङ्ख्यामा प्रहरी, सशस्त्र तथा सेना तैनाथ गरिएको  छ ।
  • २०८२ भदौ २४, मङ्गलबार १०:५०