• २०८३ असार २६
  • 2026 July 10, Friday

देशैभर प्रदर्शन, पार्टी कार्यालयहरू तथा नेताहरूका घरमा आगजनी

जेनजीले थालेको प्रदर्शन दोस्रो दिन थप चर्किएको छ । अहिले देशैभर प्रदर्शनहरू भइरहेका छन् ।
प्रदर्शनहरूले नेकपा एमालेको च्यासलस्थित केन्द्रीय कार्यालय, नेपाली काँग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयसँगै जिल्लाहरूमा रहेका पार्टी कार्यालयहरूमा तोडफोड तथा आगजनी गरेका छन् ।
यस्तै, प्रदर्शनकारीहरूले राष्ट्रपति रामचन्द्र पौडेलको काठमाडौँको बोहोराटारस्थित बोहोराटारस्थित घरमा तोडफोड गरेका छन् ।
प्रदर्शनकारीहरूले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको घरमा आगजनी गरेका छन् । मुख्य गेट तोडेर घरभित्र प्रवेश गरेका प्रदर्शनकारीले घरभित्रै आगो लगाइदिएका हुन् । यद्यपि, आगो लगाइँदा देउवा भने उनको निवासमा थिएनन् ।
प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरको बालकोटस्थित निजी निवासमा समेत आगजनी गरेका छन् । ओली निवासमा समेत आगजानी भएपछि प्रहरीले गोली चलाएको छ । जस क्रममा २ जना प्रदर्शनकारीहरू घाइते भएका छन् ।
प्रदर्शनकारीहरूले देउवा पत्नी एवं परराष्ट्र मन्त्री आरजु राणा देउवाको धनगढीस्थित घरमा समेत आगजनी गरेका छन् । यसबाहेक, काठमाडौँको नैकापस्थित पूर्व गृहमन्त्री रमेश लेखकको घरमा समेत आगजनी गरिएको छ । काँग्रेस नेता बिमलेन्द्र निधी र एमाले नेता गोकुल बासकोटाको घरमा समेत आगजनी भएको छ । काँग्रेस नेता गगन थापाको घरमा ढुंगामुढा गरिएको छ ।