• २०८३ असार २६
  • 2026 July 10, Friday

त्रिभुवन विमानस्थलबाट बन्द, पुग्यो सेना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उडान बन्द भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलबाट हुने सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू बन्द भएका हुन् ।
विमानस्थलतर्फ भिड बढ्दै गएको र गोठाटार, एयरपोर्ट आसपास लगायतका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र परिस्थिति प्रतिकुल बन्दै गएपछि विमानस्थल उडान बन्द भएको हो । असुरक्षा बढेपछि अहिले विमानस्थलमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।