• २०८३ असार २६
  • 2026 July 10, Friday

प्रधानमन्त्री ओलीले दिए पदबाट राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।
प्रधानमन्त्री ओलीले राजनीतिक निकासका लागि भन्दै राजीनामा दिएको नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले जानकारी दिए ।
जेनजी आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओली राजीनामा दिन बाध्य भएका हुन् ।
सोमबारबाट सुरु प्रदर्शनका क्रममा हालसम्म १९ जनाको ज्यान गइसकेको छ भने ४ सय बढी घाइते भएका छन् । आज पनि देशभर आन्दोलन चर्किएको छ ।