• २०८३ असार २६
  • 2026 July 10, Friday

महान्यायाधिवक्ताको कार्यालयमा आगजानी

काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयमा आगजानी गरिएको छ ।

मंगलबार प्रदर्शनरत जेनजी पुस्ताका युवाहरुले भद्रकालीस्थित महान्यायाधिवक्ताको कार्यालयमा आगजानी गरेका हुन् । प्रदर्शनकारीहरुले केही समय पहिले संसद् भवनमा समेत आगो लगाएका छन् ।

आक्रोशित प्रदर्शनकारीहरुले आगजानी र तोड्फोड गरेसँगै राप्रपा, रास्वपा प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूले सामूहिक राजीनामा दिइरहेका छन् ।