• २०८३ असार २६
  • 2026 July 10, Friday

कांग्रेस प्रवक्ता डा.महतको निजी निवासमा आगजनी

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतको निजी निवासमा आगजनी गरिएको छ । काठमाडौंको बाँसवारीस्थित नेता महतको घरमा मंगलबार प्रदर्शनरत युवाहरुले आगजनी गरेका हुन् ।

पूर्वगृहमन्त्री रमेश लेखक, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङ लगायतको घरमा समेत तोडफोड भएको छ ।

आज प्रदर्शनरत युवाहरुले संसद् भवन नयाँ वानेश्वरमा समेत आगजनी गरेका छन् । केहीबेरअघि संसद भवन प्रवेश गरेका प्रदर्शनकारीहरुले आगजनी र तोडफोड गरेका छन् ।