राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनरत जेनजी पुस्तालाई वार्तामा आउन अपिल गरेका छन् । मंगलबार एक अपिल जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सबै पक्षलाई पक्षलाई संयमित हुन र वार्तामा आउन अपिल गरेका हुन्।
पौडेलद्वारा जारी अपिलमा भनिएको छ, “लोकतन्त्रमा नागरिकले उठाएका मागहरू जेनजीका प्रतिनिधिसँग समेत बसेर वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरू क्षति हुन नदिन र वार्तामा आउन म सबै पक्षलाई अपिल गर्दछु ।”
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेको भन्दै शान्तिपूर्ण समाधानका लागि सबैलाई सहयोग गर्न आग्रह गरेका हुन्।