• २०८३ असार २५
  • 2026 July 09, Thursday

पुँजी बजार सुधारका लागि सुझाव दिन कार्यदल गठन

अर्थमन्त्री रामेश्वर खनालले पुँजी बजारमा लगानीकर्ताको मनोबल वृद्धिका लागि प्रणालीगत तथा प्रक्रियागत सुधार गर्न चाल्नुपर्ने कदमबारे सुझाव दिन एक कार्यदल गठन गरेका छन् ।

शुक्रबार मन्त्री स्तरीय निर्णयमार्फत अर्थमन्त्री खनालले ४ सदस्यीय कार्यदल गठन गरेका हुन् । धितोपत्र बोर्डका कायममुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा   कार्यदल गठन गरिएको हो । कार्यदलमा नेपाल राष्ट्र बैङ्कका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्जका कायममुकायम कार्यकारी निर्देशक निरञ्जन फुयाँल र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्य तोकिएका छन् ।

कार्यदललाई पाँच दिनभित्र  पुँजी बजारमा आम लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारका लागि सुझाव र ठोस कार्यान्वयन कार्य योजना पेस गर्नुपर्ने कार्यदिशा दिइएको छ ।