• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

एसिया कपः सुपर फोरमा भारत र पाकिस्तान भिड्दै

काठमाडौं । एसिया कपको सुपर फोरमा आज भारत र पाकिस्तान भिड्दै छ । यो खेल आइतबार राति ८ : १५ बजे यूएईमा सुरु हुँदैछ ।

समूह चरणको भेटमा भारतले पाकिस्तानलाई सात विकेटले पराजित गरेको थियो । भारत अपराजित टिम हो । समूह चरणका तीन खेलमा तीन जितसहित ६ अंक जोडेको भारत समूह विजेता हो ।

समूह चरणको भेटमा भारतसँग पराजित पाकिस्तानले ४ अंककासाथ समूहमा दोस्रो बन्दै सुपर फोरमा पुगेको हो ।

समूह ‘ए’बाट भारत र पाकिस्तानले सुपर फोरमा स्थान बनाउँदा समूह ‘बी’बाट श्रीलंका र बंगलादेश सुपर फोर प्रवेश गरेका छन् ।

आठ टिम सहभागी एसिया कपबाट अफगानिस्तान, ओमान, यूएई र हङकङ भने समूह चरणबाटै बाहिरिएका छन् ।