• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

युएईले दियो क्रिकेट खेलाडीलाई भिसा, नेपाली टोली सोमबार जाने

काठमाडौं । नेपाली क्रिकेट टीमले युएईको भिसा पाएको छ । भिसा प्राप्त गरेपछि नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

नेपालमा जेनजी आन्दोलनकै क्रममा हजारौं कैदीहरू जेलबाट निस्किएपछि यूएईले नेपालीहरूलाई भिसा दिन रोकेको थियो । खेलाडीहरूले केही दिन अगाडि भिसाका लागि आवेदन दिएका थिए ।

नियमित प्रक्रियाबाट भिसा नआएपछि क्यानले इमरेट्स क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मासमेत पहल गरेको थियो ।

नेपालले २७, २९ र ३० सेप्टेम्बरमा तीनवटा टी २० म्याच वेस्ट इन्डिजसँग खेल्नेछ । प्रतियोगिताको सबै खर्च र व्यवस्थापन नेपाल क्रिकेट संघको हुनेछ ।