३ दिनदेखि अपहरणमा परेका सिरहाका एक बालक मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार गोलबजार नगरपालिका-१३ भेल्हा डंगराहाका १५ वर्षीय अभिषेक सिंह गाउँकै एक आँप बगैँचामा मृत अवस्थामा फेला परेका हुन् ।
सिंह असोज ५ गते साँझ घरबाट अपहरणमा परेका थिए । अपहरणकारीले परिवारसँग ५ करोड फिरौतीको माग गरेको थियो ।
अपहरणकारीले हिन्दीमा सन्देश पठाउँदै आफूहरू बिहार (भारत) को भएको र अपहरणबारे प्रहरीलाई नभन्न समेत धम्की दिएका थिए ।
परिवारले बालक अपहरणमा परेको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । तर प्रहरीले अनुसन्धान थाल्नुअघि नै बालक मृत फेला परेका हुन् ।