राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बिहान ८ बजेदेखि जारी छ ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी बैठकमा विभिन्न ७ वटा एजेन्डामा छलफल जारी छ ।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार आजको बैठकको मुख्य एजेन्डामा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन रणनीति र पार्टीको महाधिवेशनबारे छलफल हुने छ ।
यीबाहेक, देशको समसामयिक अवस्था, प्रदेश बैठकहरूबाट प्राप्त विवरणको प्रस्तुति, पार्टी सङ्गठन एवं विभाग लगायतका विषयमा छलफल भइरहेको छ ।