• २०८३ जेठ २५
  • 2026 June 08, Monday

बाबुराम भट्टराईले दिए अध्यक्ष पदबाट राजीनामा

काठमाडाैं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

बुधबार काठमाडौंमा बसेको पार्टी केन्द्रीय समिति बैठकमा भट्टराईले औपचारिक रूपमा राजीनामा पत्र पेस गरेका हुन् ।

बैठकले केन्द्रीय समिति भंग गर्दै पार्टीलाई विशेष महाधिवेशनमार्फत पुनर्गठन गर्ने निर्णय गरेको छ । विशेष महाधिवेशनको तयारीस्वरूप नयाँ आयोजक कमिटी गठन गरिएको छ ।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, विशेष महाधिवेशन आयोजक कमिटीको संयोजकका रूपमा पार्टीकी वरिष्ठ उपाध्यक्ष दुर्गा सोबलाई चयन गर्ने तयारी भएको छ ।