• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

देउवा निवासमा रिपोर्टिङ गरेका पत्रकारलाई धम्की !

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास अगाडि भएको आगजनी घटनाबारे स्थलमा गएर रिपोर्टिङ गरेका सिधाकुरा डटकमका पत्रकारमाथि धम्की आएकाे छ ।

सिधाकुरा डटकमका सञ्चालक युवराज कँडेलले सामाजिक सञ्जालमार्फत धम्कीपूर्ण संदेशहरू प्राप्त भइरहेको जानकारी दिएका हुन् । उनका अनुसार ‘सानु भाई’ नामको फेसबुक प्रोफाइलमार्फत निरन्तर धम्की आउने गरेको छ । ती व्यक्तिले समाचार हटाउन दबाब दिँदै, नभए शारीरिक आक्रमण गर्ने चेतावनीसमेत दिएका छन् ।

कँडेलले आफ्नो फेसबुकमा उक्त प्रोफाइलको विवरण र धम्कीपूर्ण म्यासेजका स्क्रिनसट सार्वजनिक गर्दै लेखेका छन्, ‘सामाजिक जानकारीका लागि उनको प्रोफाइल रेकर्ड राखिएको छ। धम्की दिइएको रिपोर्टिङ कमेन्टमै छ।’