• २०८३ असार २५
  • 2026 July 09, Thursday

विजय दशमीका लागि गण्डकी प्रदेशका विद्यार्थीलाई सहजीकरण गर्दै नेविसंघ नेता श्रेष्ठ

काठमाडौं । विजय दशमी मनाउन घर फर्किने क्रममा गण्डकी प्रदेशका विद्यार्थीहरूलाई काठमाडौं–पोखरा यात्रामा सहजीकरण गर्दै त्रिभुवन विश्वविद्यालयका विद्यार्थी नेता तथा नेविसंघ केन्द्रीय सदस्य राजेश कुमार श्रेष्ठ आफैं क्याबिनमै बसेर सहयोग गरेका छन्।

बल्लतल्ल बसको व्यवस्था भएपछी विद्यार्थीहरुको सहजताका लागी उनी आफै खटिएका हुन्।

हवाई टिकट तथा सडक यातायातमा पर्याप्त सुविधा नभएको यो चाडवाडका बेला श्रेष्ठले आफै पहलकदमी लिएर विद्यार्थीहरूलाई यात्रा गराएका हुन् ।यो कठिन  परिस्थितिमा काठमाडौंमा अध्ययनरत गण्डकी प्रदेशका विद्यार्थीहरूलाई दशैं मनाउन घर फर्काउन सहज बनाउन उनले खेलेको भुमिकालाई यात्रामा रहेका विद्यार्थीहरुले रुचाएका छन् ।

श्रेष्ठले यात्रामा विद्यार्थीलाई सहज वातावरण मिलाउन आफु क्याबिनमै बसेर व्यवस्थापन गरेका छन्। दशैंका बेला काठमाडौं–पोखरा मार्गमा अत्यधिक भीड हुने भएकाले धेरै विद्यार्थीलाई टिकट पाउन मुस्किल परेको थियो। यस्तो अवस्थामा विद्यार्थी नेताले आफैं अग्रसर भएर सहजीकरण गरेका हुन्।