• २०८३ असार २५
  • 2026 July 09, Thursday

निकोलस भुसालसहित ३ जना माइतीघरबाट पक्राउ

काठमाडौँको माइतीघर मण्डलाबाट प्रहरीले डा. निकोलस भुसाललाई पक्राउ गरेको छ। उनीसँगै सञ्जीव दाहाललगायत तीन जना पक्राउ परेका छन्।

पक्राउ परेका सबैलाई अहिले जिल्ला प्रहरी परिसर, काठमाडौँमा राखिएको छ। डा. भुसालको नेतृत्वमा माइतीघर क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन हुने बताइए पनि प्रहरीको हस्तक्षेपपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

जेनजी पुस्ताका अगुवाहरूले बिहीबार गर्ने भनिएको प्रदर्शनलाई धमाधम फिर्ता लिएका थिए। प्रदर्शन फिर्ता लिए पनि भुसाल प्रदर्शनमा उत्रिएपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो।

उनले जेनजी आन्दोलनले आफ्ना मागहरू पूरा नगरेको बताउँदै आएका छन्।

पछिल्लो समय निकोलसले सामाजीक सद्भाव भड्काइरहेको आरोप पनि कतिपयले उनलाई लगाएका छन्। जेन-जी आन्दोलनपछि उनि सक्रिय भएर देखापरिरहेका छन् ।