• २०८३ असार २५
  • 2026 July 09, Thursday

नक्कली आयोग मन्जुर छैन, प्रतिवेदन मान्दिन : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३–२४ गतेका घटनाको छानबिन गर्न बनेको गौरी बहादुर कार्की नेतृत्वको आयोगलाई नक्कली आयोगको संज्ञा दिएका छन्। बिहीबार भक्तपुर जिल्ला कमिटीले गुण्डुमा आयोजना गरेको कार्यक्रममा उनले आयोगबारे यस्तो भनेका हुन्।

ओलीले प्रश्न गरे, “सम्पत्ति छानबिन गर्ने रे, एक पटक होइन दश पटक गर्नुहोस्। मन्त्रीज्यूहरूले आफ्नै सम्पत्ति छानबिन गर्नुहुन्छ?” उनले आयोगले गजबको ड्रामा मात्र गरेको बताए।

अध्यक्ष ओलीले भने, “यस्ता नाटक एमालेलाई मञ्जुर छैन र स्वीकार पनि छैन।” उनले आयोगको प्रतिवेदन नमान्ने स्पष्ट संकेत दिँदै, एमालेले चिचिपट खेलेर नभई देश विकासको मार्गचित्र प्रस्तुत गरेर आएको दाबी गरे।