• २०८३ असार २५
  • 2026 July 09, Thursday

प्रधानमन्त्री‍ कार्कीसहित राजनीतिक दलहरुसँग छलफल गर्दै राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र राजनीतिक दलसँग आज छलफल गर्ने भएका छन् ।

शुक्रबार अपराह्न ४ बजे राष्ट्रपति पौडेलले सरकार र सबै राजनीतिक दलहरूसँग निर्वाचनबारे छलफल गर्न लागेका हुन् ।

छलफल शीतलनिवासमै हुनेछ ।  बिहीबार पनि प्रधानमन्त्री कार्की र केही मन्त्रीहरू राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए ।