• २०८३ जेठ २५
  • 2026 June 08, Monday

बाँचेर फर्किएँ, १५औँ महाधिवेशनबाट बिदा लिन्छु: देउवा (सम्बोधनको पूर्णपाठसहित)

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफू बाँचेर फर्किएको भन्दै १५औं महाधिवेशनबाट काँग्रेसको नेतृत्वबाट बिदा लिने बताएका छन्। केन्द्रीय कार्यालय सानेपामा मंगलबारदेखि सुरु केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै देउवाले शभेच्छुकको माया, प्राथना र कामनाल उपचारपछि बैठक सञ्चालन गर्न पाएको भन्दै १५औं महाधिवेशनबाट नेतृत्व छाड्ने बताएका हुन्।

“भदौ २४ गते सिंगो मुलुक जलेको बेला म र मेरो परिवारमाथि पनि ज्यानै लिने मनासयले सांघातिक हमला गरियो, हामीमाथि घृणितरुपमा दुर्व्यवहार भयो, घण्टौँपछि सुरक्षाकर्मीबाट उद्धार गरियो,” देउवाले भनेका छन्, “त्यसपछि पनि हाम्रो सामाजिक प्रतीष्ठामा आँच पुर्‍याउन दुष्प्रचार गरियो । भ्रष्टाचारविरुद्ध भनेर नारा दिएको छ । किसुनजीको आश्रम, गणेशमानको निवास र कृष्णप्रसाद कोइरालाको निवास जलाइएको छ । कांग्रेसका नेताको घर जलाइएको छ । आतंकित हुने होइन एक हुने बेला हो ।”

देउवाले वैधानिक व्यवस्थाअनुसार १५औं महाधिवेशनबाट नेतृत्व छाड्ने समेत बताएका हुन्।

‘म साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने ‘घरमा सधैं एकै जना मुली रहँदैन’ पार्टीमा पनि हमेसा एकै जना सभापति रहिरहँदैन। जहासम्म मेरो विषय छ, मैले पहिले नै वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्तरण गर्छु भनिसकेको छु। आगामी १५औं महाधिवेशनबाट म बाहेक अरु कुनै साथी सभापति बन्नु हुनेछ त्यसमा द्विविधा छैन,’ देउवाले भने।

सम्बोधनको पूर्णपाठ: