• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सिन्धुलीमा अवैध बन्दुकसहित ३ जना पक्राउ 

रामेछाप । सिन्धुलीमा प्रहरीले अवैध बन्दुकसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

दुधौली नगरपालिका–१४, गायोटारबाट प्रहरीले तीन अवैध भरुवा बन्दुक सहित तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

मंगलबार राति इलाका प्रहरी कार्यालय डकाहाको प्रहरी टोलीले खानतलासीका क्रममा स्थानीय ५३ वर्षीय कुलबहादुर सुनुवार ,५० वर्षीय धनबहादुर सुनुवार र ४२ वर्षीय मङ्गलबहादुर सुनुवारलाई घर नजिक लुकाई छिपाइ राखिएका तीन थान अवैध भरुवा बन्दुक सहित  नियन्त्रणमा लिएको हो ।

बरामद हतियारसहित ती तीनै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय डाहाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।