• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

पहिलो विकेट सस्तैमा गुमाएको नेपाल सम्हालिँदै, भिम र कुशलले ईनिङ्स अगाडि बढाउँदै

आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले पहिलो विकेट सस्तैमा गुमाएपछि अहिले ईनिङ्स सम्हाल्ने प्रयास गरिरहेको छ।

टस हारेर पहिले ब्याटिङको अवसर नपाएको नेपालले सुरुवाती झट्का व्यहोरेको थियो। तर अहिले भिम सार्की र कुशल भुर्तेलले सावधानीपूर्वक ब्याटिङ गर्दै ईनिङ्सलाई स्थिर बनाउने प्रयास गरिरहेका छन्। दुवैले सम्हालिदो ब्याटिङ् गर्दै ५० रनको साझेदारी गरेका छन् । समाचार बनाउदा सम्म नेपालले १४ ओभरको समाप्तीमा ७० रन बनाएको छ।

दुबईमा जारी खेलमा नेपालका दुवै ब्याट्सम्यानले विकेट जोगाउँदै स्ट्राइक घुमाइरहेका छन् र रनरेट सन्तुलनमा राख्ने कोसिस गरिरहेका छन्।

यसअघि नेपालले लिग–२ का पहिलो दुई खेलमा क्रमशः अमेरिका र युएईसँग हार बेहोरेको थियो। आजको खेल नेपालका लागि आत्मविश्वास फर्काउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।