• २०८३ असार १७
  • 2026 July 01, Wednesday

फोहोर संकटबीच मन्त्री घिसिङ पुगे बञ्चरेडाँडा

ऊर्जा, सहरी विकास तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ आइतबार बिहान बञ्चरेडाँडा पुगेका छन्। काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन रोकिएपछि उनले स्थल निरीक्षण गरेका हुन्।

स्थानीय बासिन्दाले विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै बञ्चरेडाँडामा फोहोर फाल्न रोकेका कारण राजधानीमा फोहोर उठ्ने काम रोकिएको हो। यसबीच, काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै फोहोर अस्थायी रूपमा घरको कम्पाउण्डभित्रै सुरक्षित राख्न आग्रह गरेको छ।