काठमाडौं । सरकारले जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गरी नाम सार्वजनिक गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ४५ जनालाई सहिद घोषणा गरेको हो।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७६ जनाले ज्यान गुमाएका थिए। त्यसमध्ये सरकारले ४५ जनालाई सहिद घोषणा गरेको हो।
उनीहरूको नाम समेत सार्वजनिक भएको छ।

