• २०८३ जेठ २५
  • 2026 June 08, Monday

अन्ततः प्रचण्ड–माधवसँग मिसिन पुगे झलनाथ खनाल

काठमाडौं । नेकपा माओवादी केन्द्रसहित नौ दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी घोषणा कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल पनि मिसिन पुगेका छन् ।

माओवादीसहितको एकतामा गम्भीर असहमति जनाएका उनले मंगलबार राति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरेका थिए ।

बुधबार बिहान उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न खुमलटार पुगेका थिए ।

त्यहाँ उनलाई प्रचण्डले एकीकृत पार्टीमा समाहित हुन आग्रह गरेका थिए । उनीसँगै समाजवादी महासचिव घनश्याम भुसालसँग पनि प्रचण्डले छलफल गरेका थिए ।

खनाल बुधबार भृकुटीमण्डपमा एकतापछिको नेपाली कम्युनिस्ट पार्टी प्रस्तावित चुनाव चिह्व ताराअंकित ‘ब्याज’ लगाएर बसेका छन् ।