• २०८३ जेठ २५
  • 2026 June 08, Monday

यस्ता छन् नेपाली कम्युनिष्ट पार्टीले जारी गरेका २३ प्रतिबद्धता

काठमाडौं । माओवादी केन्द्रसहित १० वटा वाम घटकबीच एकता भई बनेको नेपाली कम्युनिष्ट पार्टीले २३ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ।

यो पार्टीको संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल तथा तेस्रो वरीयतामा नेता झलनाथ खनाल छन्।

१. नेपालको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान र स्वतन्त्रता अखण्ड राख्न दृढतापूर्वक लाग्नेछौं।

२. राष्ट्र र जनप्रतिप्रि इमान्दार, निष्पक्ष र समर्पित रहनेछौं।

३. समाजवाद–वैज्ञानिक समाजका साँचो मूल्यहरूलाई स्थापित गर्ने र त्यसअनुसार नेपालको विशिष्ट परिस्थिति अनुरूप समाजवादी क्रान्ति सञ्चालन गर्नेछौं।

४. समाजवादी क्रान्ति र समाजनिर्माणको प्रतीक बनेको नेकपालाई आफ्ना कार्यमा केन्द्रित राख्ने, आगामी वैज्ञानिक समाजवादको निर्माणका लागि सचेत र सक्षम बन्ने दिशामा दृढतापूर्वक अघि बढ्नेछौं।

५. अन्तर्राष्ट्रिय श्रमजीवी वर्गको हित र एकता प्रतिको प्रतिबद्ध रहन र जनताको क्रान्तिकारी अनुभवको आदानप्रदान गर्नेछौं।

६. सुशासनका लागि राज्यका सबै अंगहरूबीचको आवश्यक सन्तुलन कायम गरी जनउत्तरदायी र पारदर्शी शासन प्रणाली हुनुपर्छ भन्ने मान्यता अनुसार काम गर्नेछौं।

७. भ्रष्टाचार, अपराधमुक्तता र हिनामिनाविरुद्ध अन्त्य गर्ने तथा सुशासन, पारदर्शिता, सामाजिक न्याय र समानताको सुनिश्चितताका लागि निरन्तर पहल गर्नेछौं।

८. जनजीवनका आधारभूत आवश्यकता—शिक्षा, स्वास्थ्य, रोजगार, आवास, खानेपानी, सरसफाइ, र खाद्य सुरक्षाका सवालमा सबै नागरिकको पहुँच सुनिश्चित गर्न संघर्ष गर्नेछौं।

९. राज्यका सेवा प्रवाहका हरेक क्षेत्रलाई छिटो, छरितो र चुस्त बनाउन र शिक्षा, स्वास्थ्यसहितका आधारभूत सेवाहरू व्यावहारिक रूपमा जनतासम्म पुग्ने सुनिश्चितता गर्न दृढ रहन्छौं।

१०. स्वतन्त्र न्यायपालिका प्रणालीको स्थायित्व सुनिश्चित गर्न, इमान, सत्यनिष्ठा, न्याय, समानता, निष्पक्षता र पारदर्शिता कायम गर्न प्रतिवद्ध रहन्छौं।

११. महिला, दलित, उत्पीडित, अल्पसंख्यक, निमुखा समुदाय, आदिवासी जनजातिहरूका राज्यका मूलधारमा पहुँच र अवसर विस्तार गर्नेछौं।

१२. अनुसंधान र विकासमा उच्च प्राथमिकता दिनेछौं र देशको समग्र विकासका लागि योगदान गर्नेछौं।

१३. युवा र विद्यार्थीहरूको सिर्जनशीलता, ऊर्जा र नवीनतामा केन्द्रित भएर सामाजिक र आर्थिक रूपान्तरणमा सहभागी गराउनेछौं।

१४. विद्यमान नेपाली समाजको आर्थिक–सामाजिक र सांस्कृतिक रुपान्तरणको लक्ष्यसहित देशको उत्पादन प्रणाली, उद्योग, पर्यटन र जलविद्युत विकासमा विशेष जोड दिनेछौं।

१५. प्राकृतिक स्रोत र साधनको संरक्षण एवं दिगो उपयोगमा गरी विकासका अभियान सञ्चालन गर्नेछौं।

१६. जलवायु परिवर्तन र पर्यावरणीय विकार योजनाका निर्माण तथा व्यवस्थापन गर्नेछौं।

१७. जनतामा सुख, दुःखमा जोडिने देश र जनताको हितका लागि समर्पित रहन्छौं।

१८. ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा प्रतिवद्ध रहन्छौं।

१९. विपत्तिको समयमा समयमै सचेत गराएर नेपाल र नेपालीका कमजोरीहरूलाई सच्याउने र सुधार गर्ने प्रयासमा रहन्छौं।

२०. राजनीतिक आत्मानुशासन र लोकतान्त्रिक संस्कृति विकास गर्ने तथा नेतृत्व विकासका लागि वैचारिक विधि अपनाउनेछौं।

२१. पार्टीका सबै नेताहरू जनताका उत्पादन र श्रमका साझेदार हुनेछन्।

२२. कम्युनिस्ट अनुशासन, अनुशासन र नैतिकताको कडाइका साथ पालन गर्नेछौं।

२३. सादा एवं सरल जीवनशैली र पारदर्शी कार्यशैली अवलम्बन गर्नेछौं।