• २०८३ असार १६
  • 2026 June 30, Tuesday

घनश्याम र रामकुमारीसहित ६ नेतामाथि पार्टी सदस्य नरहनेगरी माधव नेपालको कारवाही

काठमाडौँ । नेकपा माओवादीसहित १० वाम दलबीच एकता घोषणा गरेका माधव नेपालले घनश्याम भुसाल, रामकुमारी झाँक्रीसहित ६ नेतालाई कारबाही गरेका छन्।

पार्टी विरोधी कार्य गरेको भन्दै केन्द्रीय कमिटीको तेस्रो बैठकद्वारा प्रत्यायोजित अधिकारको प्रयोग गर्दै माधव कुमार नेपालले केन्द्रीय सचिवालयको बुधबार बसेको बैठकबाट विधानको धारा १२१ (२) बमोजिम पार्टी सदस्य पनि नरहने गरी उनीहरूलाई कारबाही गर्ने निर्णय गरेका हुन् ।

कुनै पनि व्यक्तिले पार्टीको नाम र पद प्रयोग गरी भेला, बैठक, पत्रकार सम्मेलन वा कुनै पनि गतिविधि गरेमा कारबाही हुने चेतावनी समेत दिइएको छ ।