• २०८३ असार १३
  • 2026 June 27, Saturday

कश्मीरमा भारतीय सेनाको अपरेसन पिम्पल, दुई आतंककारी मारेको दाबी

काठमाडौँ। भारतीय सेनाले जम्मु कश्मीरको कुपवाडाको केरन सेक्टरमा घुसपैठको प्रयासलाई असफल पारेको बताएको छ।

सेनाको चिनार कोर्प्सले अपरेसनमा दुई आतंककारी मारेको दाबी गरेको छ।

सेनाको ह्वाइट चिनार कोर्प्सले सामाजिक सञ्जाल प्लेटफर्ममा शनिबार भनेको छ, ‘गुप्तचर सूचनापछि ७ नोभेम्बरमा अपरेसन पिम्पल सुरु गरिएको थियो। घुसपैठ गर्ने प्रयास गरिरहेका दुई आतंककारीलाई घेरेर अपरेसन गरिएको थियो।’

चिनार कोर्प्सले लेखेको छ, सैनिकहरूले शंकास्पद गतिविधि देखे र उनीहरूलाई चुनौती दिए, त्यसपछि आतंककारीहरूले अन्धाधुन्ध गोलीबारी गरे। सुरक्षा बलहरूले आतंककारीहरूलाई भेटे र उनीहरूलाई घेरे। सेनाका अनुसार क्षेत्रमा अझै पनि खोजी अभियान जारी छ।